मंगलबार, वैशाख १, २०८३

सुनचाँदीकै मूल्यमा व्यापक गिरावट

मेरोन्यूज २०८२ फागुन २० गते ११:०८

आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। सुनको भाउ आज तोलामा ११ हजार रुपैयाँ घटेको हो। 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको तीन लाख २८ हजार ६ सय रुपैयाँ थियो। 

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँ घटेको छ। हिजो पनि चाँदीको भाउ तोलामा २०५ रुपैयाँ घटेको थियो।

चाँदीको भाउ आज ५ हजार ५४० रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

प्रतिक्रिया