म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता
मेरोन्यूज
२०८२ फागुन २२ गते १८:५२

म्याग्दी। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।
ध्वलागिरि र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा पुनले पाँच हजार ५०८ मतसहित अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) ले एक हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गरेका छन् ।
मङ्गला गाउँपालिकाको मत गणना सुरु भएको छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।
सम्बन्धित


















अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई जना पक्राउ
मोटरसाइक्लिङ स्पोर्टस तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम सम्पन्न
सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया