तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु

अमेरिका र इजरायलले तेहरान र वरिपरिका क्षेत्रका ५ वटा तेल भण्डारण स्थलमा हवाई आक्रमण गरेका छन् । यस घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने केही संरचनामा क्षति पुगेको छ ।
तेहरानस्थित नेशनल इरानी तेल उत्पादन वितरण कम्पनीका प्रमुख केरामत वेइस्कारामीले राज्य सञ्चारमाध्यमलाई भने, “गत रात तेहरान र अल्बोर्जमा रहेका चारवटा तेल डिपो र एक पेट्रोलियम ढुवानी केन्द्रलाई शत्रु विमानले लक्षित गर्यो ।”
उनले भने,“यस हमलामा चार जना कर्मचारी, जसमा दुई तेल ट्यांकर चालक छन्, मारिएका छन् । केही संरचना क्षतिग्रस्त भए पनि आगो नियन्त्रणमा आएको छ ।”
हमलापछि राजधानीको आकाश धुवाँले ढाकिएको थियो र बिहान पर्नासाथ शहरभर घना धुवाँ देखिन्थ्यो । स्थानीय बासिन्दाहरूले जलिरहेको गन्ध लामो समयसम्म महसुस भएको बताएका छन् ।
वेइस्कारामीले इरानी तेल डिपोमा पर्याप्त पेट्रोलियम आपूर्ति छ र आपूर्ति प्रणाली सामान्य रूपमा सञ्चालनमा रहेको बताएका छन् ।
यो हमला फेब्रुअरी २८ मा भएको घटनापछि आएको हो, जब अमेरिका र इजरायलले इरानमा हवाई हमला गर्दै सुप्रीम लिडर आयातोल्लाह अली खमेनेईको हत्या गरेका थिए । यस घटनापछि मध्यपूर्वमा तनाव उच्च भएको थियो ।
इरानले त्यसको जवाफस्वरूप ड्रोन र मिसाइल हमला गर्दै इजरायल र अमेरिकी हितलाई लक्षित गरेको थियो ।
अन्तर्राष्ट्रिय समुदायले यस घटनाप्रति चिन्ता व्यक्त गरेको छ । तर इरानी अधिकारीहरूले भने, “देशका तेल आपूर्ति पर्याप्त छ र सुरक्षा व्यवस्थामा कुनै कमी छैन ।”















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया