महोत्तरी-४ मा रास्वपाका गौरी निर्वाचित
मेरोन्यूज
२०८२ फागुन २४ गते १७:२२

जलेश्वर (महोत्तरी)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरी कुमारी निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ४ को आज सम्पन्न मतगणनाअनुसार गौरी कुमारीले ३० हजार १३२ मत ल्याएर विजयी भएकी हुन् ।
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार सुरेन्द्रकुमार यादवले आठ हजार ७४५ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार निलम अधिकारीले छ हजार ९४४, नेपाली कांग्रेसका महेन्द्रकुमार रायले छ हजार १९२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया