टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
मेरोन्यूज
२०८२ फागुन २४ गते २१:१६

काठमाडौं। टी–२० विश्वकपको उपाधिका लागि भारत र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा जारी छ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा साविक विजेता समेत रहेको भारतले २५६ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ थालेको भारतले २० ओभरमा ५ विकेटको क्षतिमा २५५ रन जोड्यो। भारतले जोडेको यो रन विश्वकप फाइनलको इतिहासमै सर्वाधिक उच्च स्कोर हो।
सन्जु सामसनले ८९ रनको विष्फोटक पारी खेले। ४६ बल खेलेका उनले ५ चौका ८ छक्का प्रहार गरे। यस्तै, अभिषेक शर्माले २१ बलमा ५२ तथा इशान किशनले २५ बलमा ५४ रनको योगदान दिए। शिवम दुबेले अन्तिम ओभरमा विष्फोटक ब्याटिङ गर्दै भारतको स्कोर २५० माथि पुर्याए। उनी ८ बलमा २६ रनमा अविजित रहे।
बलिङतर्फ न्यूजिल्यान्डका जिम्मी निशमले तीन तथा रचिन रवीन्द्र र म्याट हेनरीले एक–एक विकेट लिए।
सम्बन्धित
















संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया