भारतले जित्यो टि–२० विश्वकपको उपाधि

काठमाडौं । आयोजक भारतले आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जितेको हो ।
भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो ।भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा ५२ रन बनाए । यस्तै कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाएपछि जितका लागि पर्याप्त भएन ।
भारतका जसप्रित बुमराहले शानदार बलिङ गर्दै ४ विकेट लिए । चार ओभरमा बलिङ गरेका उनले मात्रै १५ रन खर्चिए । यस्तै अक्षर पटेलले ३ विकेट लिँदा वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एकएक विकेट लिए ।त्यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५५ रन बनायो ।
भारतका लागि आजको खेलमा तीन जना खेलाडीले अर्धशतक बनाए । ओपनर सञ्जु सैमसनले मात्रै ४६ बलमा ८९ रनको शानदार पारी खेले । उनले ५ चौका र ८ छक्का प्रहार गरे ।
यस्तै अविशेष शर्माले २१ बलमा ५२ रन बनाउँदा इशान किसनले २५ बलमा ५४ रन बनाए । शिवम दुबेले १८ र हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए । आजको खेलमा कप्तान सूर्य कुमार यादव शुन्य रनमा आउट भए ।
न्यूजिल्याण्डका लागि जेम्स निशम निशमले तीन विकेट लिए । उनले एकै ओभरमा सञ्जु सैमसन, इसान किसन र कप्तान सूर्यकुमार यादवलाई आउट गरी न्यूजिल्याण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए । म्याट हेनरी र रचिन रविन्द्रको नाममा एक एक विकेट रह्यो ।

















पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
HoR election: UML, NCP fail to register victory in Gandaki Province under direct system
काठमाडौं संसारकै तेस्रो वायु प्रदुषित शहरमा
आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया