प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

गुल्मी। गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।
एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मङ्गलबारको उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुङ्गा विमानस्थलबाट आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ । निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरु समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ ।
हाल काठमाडौँबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरिएको छ ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
नेपाल अमेरिकासँग पराजित
प्रतिक्रिया