नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा

बैतडी : बैतडीमा जारी नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलबाट भारतीय टोली सेमिफाइन प्रवेश गरेको छ । रणशैनी क्लबलाई पाँच विकेटले हराउँदै भारत पिथौरागढको टोली सेमिफाइनल पुगेको हो ।
जितका लागि पाएको ११९ रनको लक्ष्य पिथौरागढले १६.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । जसमा आयुस पाण्डेयले अर्धशतकीय पारी खेल्दै ५१ रनमा अविजित रहे । रणशैनीका जय धामीले तीन विकेट हात पारे ।
यसअघि दशरथचन्द नगरपालिका–१० रातामाटास्थित बुड्डाबाजे क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको रणशैनी १९.३ ओभरमा ११८ रनमा समेटियो । उसका प्रकाश भट्टले सर्वाधिक २६ रन जोडे ।
बलिङमा पिथौरागढका सञ्जय राई र जयदीप पोखराईले तीन–तीन विकेट झारे । अर्धशतकीय पारी खेल्दै टोलीलाई जिताएका पिथौरागढका आयुस पाण्डेय प्लेयर अफ दी म्याच चुनिए ।
पञ्चकोटी युवा क्लबको आयोजनामा यही फागुन २८ देखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १२ टोलीको सहभागिता छ । आगामी चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु ६५ हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया