शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन भएका छन् ।शनिबारदखि काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।‘एकता, लगानी र गौरव’ भन्ने नारासहित काठमाडौँमा शनिबारदेखि जारी महाधिवेशनमा आइतबार मध्यरात सर्वसम्मत नेतृत्व चयन भएको हो ।
विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई छुट्टाछुट्टै संघ क्रियाशील थिए । यसले एनआरएनए विभाजनको अवस्थामा थियो । सहमतिका पटकपटकका प्रयास सफल भएका थिएनन् ।गत २३ र २४ को जेनजी आन्दोलनपछि भने पूर्वअध्यक्षहरूको प्रयासमा दुवै समूह एकता महाधिवेशनका लागि तयार भएका थिए । त्यसका लागि गत मंसिर दोस्रो साता दुवै समूहबीच १०बुँदे सहमति भएको थियो । सोहीअनुसार शनिबारदेखि एकता महाधिवेशन भएको हो ।
अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन भएसँगै सबै सहमतिको आधारमा सम्पूर्ण पदाधिकारीको खाका तयार पारिएको छ । उम्मेदवारी फिर्ता लिएका शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष चुनिएका छन् ।
अन्य उपाध्यक्षमा मलेसियाका खगेन्द्र न्यौपाने, युकेका रामशरण सिम्खडा, कतारका प्रवीन गुरुङ, बेलायतकी रोजिना प्रधान राई, दक्षिण कोरियाकी जुनु गुरुङ, अस्ट्रेलियाका महेन्द्र ओली, जाम्बियाका रोशन थापा, अस्ट्रेलियाका दिनेश पोखरेल, युएईका मनोजकुमार श्रेष्ठ छन् ।महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ (टीका)र युवा उपाध्यक्षमा पोर्चुगलका भीमसेन थापा निर्विरोध भएका छन् ।
महासचिव पदमा बेल्जियमका गंगाधर गौतम र चेक रिपब्लिकका डा. चिरञ्जीवी खड्का चयन भएका छन् । उपमहासचिवमा जापानका टंकप्रसाद गैरे, बेलायतका दिनेशकुमार घिमिरे, अस्ट्रेलियाका डा. ज्ञानेन्द्र रेग्मी, जापानका पारसमणि पोखरेल चयन भएका छन । सचिवमा साउदी अरबका राजेन्द्र अर्याल, अस्ट्रेलियाका सुजन अधिकारी, क्यानडाका अभिमन्यु बस्नेत, बेल्जियमकी अनुजा प्रधान, अमेरिकाका बेदराज बस्नेत, क्यानडाका माधव दुलाल र जापानका सुपेन्द्र घिसिङको टुंगो लागेको छ ।
महिला सचिवमा चीनबाट प्रतिनिधित्व गर्ने अमृता थापा (कञ्चन) तथा कोषाध्यक्ष पदमा बेलायतका कृष्णप्रसाद तिमल्सिना चयन भएका छन् । सह–कोषाध्यक्षमा कतारका अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान तथा महिला सह–कोषाध्यक्षमा दक्षिण कोरियाकी गंगा खतिवडा छन ।
युवा संयोजकमा जापानका नवीन निउरे टुंगिँदा मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, एशिया प्याशिफिक क्षेत्रीय संयोजकमा दीपक कँडेल, युरोप क्षेत्रीय संयोजकमा रोबोट लिम्बू निर्विरोध चयन भएका छन्।
क्षेत्रीय तहमा संस्थाको सञ्जाल विस्तार गर्न क्षेत्रीय संयोजकहरूलगायतका सबै पद सर्वसम्मत चयन भएका छन् ।















एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
प्रधानमन्त्री कार्कीद्धारा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया