प्रधानमन्त्री कार्कीद्धारा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) को निरीक्षण गरेकि छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनका लागि सुरु भएको सेवा प्रवाहको मोडेल ‘पास’ सहितको समग्र प्रणाली र कार्यालय व्यवस्थापनको निरीक्षण गरेका हुन् । निरीक्षणमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत विशिष्ट पदाधिकारीहरू सहभागी थिए ।
कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन सार्वजनिक सम्बोधन/घोषणा प्रणालीसहितको नयाँ सेवा मोडेल सुरु गरेको जनाएको छ ।
सो प्रणालीको अवलोकन तथा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँगका अन्य सरकारी निकायमा उक्त प्रणाली विस्तार गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए । उक्त प्रणाली लागू भएको करिब तीन महिनाको अवधिमा सेवाग्राहीबाट कुनै गुनासो नआएको र सेवाग्राही सन्तुष्टि बढेको उनले बताए।
“सेवा प्रवाहलाई सुशासनमुखी, जवाफदेही र पारदर्शी बनाउन नयाँ मोडेल लागू गरिएको हो । जेनजी आन्दोलनपछि उठेका सुशासन र पारदर्शिताका आवाजलाई सम्बोधन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो । यसबाट बिचौलियाको भूमिकालाई कम गर्न मद्दत पुगेको छ”, उनले भने, “कार्यालयको भुइँतलादेखि प्रत्येक तलासम्म ‘स्पिकर’ जडान गरी सेवाग्राहीलाई आवश्यक सूचना, निर्देशन तथा सेवासम्बन्धी जानकारी दिने व्यवस्था मिलाइएको छ । डिजिटल प्रविधिको प्रयोग गरिएको छ ।”


















वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया