चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं । आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ मार्च १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्र र व्यापार व्यवसायमा प्रगति हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू आउनेछन् तर निर्णय सोच विचार गरेर गर्नुहोला। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष : धनलाभका नयाँ अवसरहरू मिल्नेछन्। परिवारसँग राम्रो सम्बन्ध बनाउन सकिनेछ। वैदेशिक यात्राको सम्बन्धमा सकारात्मक संकेत देखिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन :नोकरी वा पेशामा कामको जिम्मेवारी बढ्नेछ। परिवारमा सानो कुरालाई लिएर केही तनाव बढ्ला सावधान रहनुहोस्। आर्थिक क्षेत्रमा क्रमशः सुधार आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : कुनै कुरालाई लिएर मानसिक चिन्ता बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा आफन्तहरुबाट भनेजस्तो साथ नमिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह : साझेदारी व्यापारमा लाभ मिल्नेछ। वैवाहिक जीवनमा सुमधुर सम्बन्ध स्थापित हुनेछ। नेतृत्व क्षमतामा वृद्धि हुनेछ। बोली प्रभावशाली रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
कन्या :उत्साह र उमंगमा वृद्धि देखिएको छ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेदारी बहन गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला : व्यापार व्यवसायको लागि नयाँ बाटोहरू खुल्नेछन्। विद्यार्थीहरूको शिक्षाको क्षेत्रमा सुधार देखापर्ने छ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक :आफन्तहरू संग कुनै कुरालाई लिएर वैरभाव बढ्न सक्छ सावधान रहनुहोस्। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
धनु :प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिनेछ। नयाँ मान्छेहरुसँग चिनजान हुनेछ। भविष्यलाई लिएर ठूलो कामको जग बसाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर : आफूलाई मनपरेको काममा लगानी गर्दा लाभ हुनेछ। लगनशीलताले शिक्षाको क्षेत्रमा उपलब्धि प्राप्त गर्न सकिनेछ। जीवनशैलिमा सुधार ल्याउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ :नतिजा कमजोर देखिनाले काम दोहोर्याएर गर्नुपर्ला। परिवारजन वा साथीभाइहरूको सहयोगले कामहरू सजिलै बन्दै जानेछ। रमाइलो यात्रा र आफन्तहरूसंग जमघटमा सहभागी भइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन :योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोस्। विरोधीहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। धन कमाउने नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

















काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
प्रतिक्रिया