सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुरु गरेको ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ प्रति युवाहरूको आकर्षण बढ्दै गएको छ।
खाता सञ्चालनमा आएको मात्र ३–४ महिनामै युवामाझ लोकप्रिय बनेको बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारस विक्रम थापाले बताएका छन्।
‘जेनजी पुस्ताको आवश्यकता र चहानालाई मध्यनजर गरेर जेनजी सेभिङ अकाउन्ट ल्याएका हौं’, ‘युवाहरु डिजिटल कारोबारमै बढी सक्रिय हुने हुनाले डिजिटिल प्रोडक्टहरुको बन्डलिङ गरेर यो खाता सुरु गरिएको हो,’ थापाले भने ।
उनले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डेबिट कार्ड जस्ता सेवा बन्डलिङ गरेर यो खाता सञ्चालनमा ल्याइएको बताए । ग्राहकले यो तीनवटै प्रोडक्ट एकैपटक लिएमा केवल ५०१ रुपैयाँमै पाइने जनाइएकाे छ । यस्तै बैंकले ई-कम कार्ड निःशुल्क रूपमा उपलब्ध गराउनेछ ।
प्रमुख थापाका अनुसार यो खाता न्यूनतम १०० रुपैयाँमै खाता खोल्न सकिन्छ भने वार्षिक ३.१ प्रतिशत ब्याजदर प्रदान गरिन्छ ।
युवाहरुको नेटवर्किङ क्षमता उच्च हुने भएकाले ग्राहक विस्तार गर्न बैंकले ‘रिफर एण्ड रिवार्ड’ कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । एउटा जेनजी खाता होल्डरले अर्को जेनजीलाई खाता खोलाएर बैंकसँग जोडेमा रिवार्डकाे व्यवस्था गरिएकाे प्रमुख थापाले बताए । एक खाता खोलाए वापत २०० रुपैंया पुरस्कार दिइने उनले बताए । ‘यो युवाहरुलाई कमाउने अवसर पनि हो’ उनले भने ।

बैंकले सामाजिक उत्तरदायित्वको काममा पनि सक्रियता देखाएको छ । जेनजी आन्दोलनका शहीद परिवारका लागि सीप विकास तालिम तथा अनुदान प्रदान गर्न प्रत्येक खाता बापत २५० रुपैयाँ योगदान गरिने थापाले बताए ।
जेनजी ग्राहकलाई कर्जा सुविधाका लागि बैंकले भर्चुअल क्रेडिट कार्डको व्यवस्था गरेको छ। जसमार्फत जागिर गरिरहेका युवा ग्राहकले निश्चित सीमामा कर्जा प्राप्त गर्नेछन् ।
जेनजी पुस्ता सन् १९९७ देखी २०१२ सम्मको समूहलाई भनिएपनि यो खाता खोल्नका लागि १८ वर्ष पुरा भएको हुनुपर्ने बैंकले जनाएकाे छ ।
सिटिजन्स बैंकले ल्याएका प्रोडक्टमध्ये जेनजी सेभिङ खाता एक सफल प्रोडक्टका रुपमा स्थापित भएको प्रमुख थापा बताउँछन् । उनकाअनुसार अहिलेसम्म ३ हजारभन्दा बढी जेनजीले यो खाता खोलिसकेका छन् । युवापुस्ताको सहिजिकरणलाई मध्यनजर गर्दै अब बैंकले छिट्टैनै भिडियो केवाईसी सेवा सुरु गर्ने उनको भनाइ छ ।

‘राम्रो प्रतिकृया पाइरहेका छौं, अहिले खाता अनलाईनबाटै खोल्न मिलेपनि एकपल्ट बैंक पुग्नैपर्ने प्रावधान छ, अब हामी छिट्टैनै भिडियो केवाईसी सेवा सुरु गर्दैछौं’, प्रमुख थापाले भने ।
युवा ग्राहकहरुलाई इन्गेज गराइराख्न बैंकले विभिन्न कार्यक्रम ल्याउने गरेको थापा बताउँछन् । ‘खाता खोलिसकेपछि टपअप गर्ने जेनजी ग्राहकलाई २५ प्रतिशत क्याश ब्याकको व्यवस्था गरेका छाैं,’ उनले भने, ‘जेनजीलाई मात्र नभइ सबै समूहका ग्राहकलाई एक्टिभ राख्न विभिन्न समयमा विभिन्न अफरहरु ल्याउने जस्ता इन्गेजिङ कार्यक्रममा हाम्रो लगातार प्रयास जारी छ ।’
भिडियाे :



















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
प्रतिक्रिया