इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?

इरानले हिन्द महासागरस्थित अमेरिका-बेलायतको संयुक्त सैन्य अड्डा डिएगो गार्सियामा ब्यालिस्टिक मिसाइल (क्षेप्यास्त्र) प्रहार गरेको छ । इरानी तटबाट ३ हजार ८१० किलोमिटर टाढा रहेको बेसमा इरानले दुई क्षेप्यास्त्र प्रहार गरेको हो ।
याे आक्रमणपछि भने अमेरिका र उसका सहयाेगी देशहरु आत्तिएका छन् । किनकी आक्रमणले इरानसँग रहेका हतियारबारेकाे यसअघीका सबै रिपाेर्टहरुलाइ खारेज गर्दै इरानसँग बाहिर सार्वजनिक नभएका युराेपसम्म पुग्नसक्ने गाेप्य हतियार रहेकाे पुष्टी गरेकाे छ । अझ अमेरिकासम्मै पुग्न सक्ने हतियार हुनसक्ने सम्भावना समेत बढाएकाे छ ।
दोहा इन्स्टिच्युट फर ग्रेजुएट स्टडीजका उपप्राध्यापक मुहनाद सलुमले अलजजिरालाइ भनेका छन्-, हिन्द महासागरमा रहेको बेलायती–अमेरिकी सैन्य आधार इलाकालाई लक्षित गरी गरिएको इरानी आक्रमणले संयुक्त राज्य अमेरिकाका लागि युद्धको हिसाब-किताब परिवर्तन’ गरिदिएको छ ।‘
“डिएगो गार्सियामा यी क्षेप्यास्त्रहरू प्रहार हुनुको अर्थ इरानसँग ४,००० किलोमिटरभन्दा बढी मारक क्षमता भएका ब्यालिस्टिक क्षेप्यास्त्रहरू छन् । जुन कुरा यसअघि कहिल्यै खुलासा भएको थिएन। यसअघिका सबै रिपोर्टहरूले इरानसँग २,००० किलोमिटर सम्मको मात्र क्षमता भएको र त्योभन्दा बढी नभएको बताएका थिए,” सलुमले अल जजीरालाई भने।
” प्रहार गरिएका यी क्षेप्यास्त्रहरूको दिशा अर्काेतर्फ फर्काउने हाे भने, तिनीहरू लन्डनसम्म पुग्न सक्छन्। त्यसैले यसले अमेरिका र उसको युद्धको औचित्यका लागि मात्र होइन, बरु युद्धमा सामेल हुन हिचकिचाइरहेका लन्डन र युरोपेली संघका लागि पनि हिसाब-किताब बदलिदिएको छ।”
सलुमले अगाडि भने कि इरानसँग अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (ICBMs) पनि हुन सक्छ जसले अमेरिकासम्म प्रहार गर्न सक्छ, “किनभने तिनीहरूले आफ्नो अन्तरिक्ष कार्यक्रममार्फत त्यसको परीक्षण गरिसकेका छन्।”

डिएगो गार्सिया अमेरिकाका लागि एक महत्त्वपूर्ण सैन्य अड्डा हो। यो अमेरिकी वमवर्षकले प्रयोग गर्छन्। ठुला ट्यांकर विमान जस्तै: केसी-१३५ र निगरानी विमान पनि यहाँबाट सञ्चालन गर्न सकिन्छ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य गर्ने विचार गरिरहेको भन्ने अस्पष्ट अभिव्यक्ति दिएका छन्।

















मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया