प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । मङ्गलबार विद्यार्थी सङ्गठनहरूसँग सम्बन्धित विषयमा उठेका टिप्पणीहरूलाई गम्भीर रूपमा लिँदै आपसी संवाद र समझदारीमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठनलाई ‘स्लिपर सेल’ जस्ताे शब्द प्रयाेग गरिएकाेप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका हुन् ।
नेपालको विद्यार्थी आन्दोलन ऐतिहासिक रूपमा लोकतन्त्र, अधिकार र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण शक्ति रहँदै आएको उल्लेख गर्दै वक्तव्यमा विगतका सङ्घर्षहरूले वर्तमान व्यवस्थाको निर्माणमा योगदान पुर्याएको स्मरण गरिएको छ।
हाल विद्यार्थी आन्दोलनभित्र देखिएका केही चुनौतीहरूलाई स्वीकार गर्दै तिनको सुधार र सुदृढीकरणका लागि विद्यार्थी सङ्गठनहरू प्रतिबद्ध रहेको पनि जनाइएको छ।
संयुक्त विद्यार्थी आन्दोलनले सरकारसँग आपसी सम्मानका आधारमा वार्ता अघि बढाउन आग्रह गर्दै लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र सहिष्णुतालाई कायम राख्दै साझा समाधान खोज्न सबै पक्षलाई आह्वान गरेको छ।

















नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया