ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग वार्ता भएको र सहमति नजिक रहेको भनि यसअघी सार्वजनिक गरेका भनाइको भ्रामक भन्दै खण्डन गरेको छ ।
इरानको परराष्ट्र मन्त्रालयले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा हालै दिइएका अभिव्यक्तिहरूलाई पूर्ण रूपमा भ्रामक र रणनीतिक छल भन्दै खण्डन गरेको हाे ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा तेहरान र वासिङ्टनबीच कुनै पनि प्रकारको वार्ता वा छलफल नभएको तथा सहमति नजिक पुगेको भनी गरेका दाबीहरूमा कुनै सत्यता नरहेको जनाएको छ । इरानले अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सम्झौताको लागि अनुरोध नगरेको जनाएको छ ।
इरानले इन्धनको मूल्य घटाउन र मूल्यलाई स्थिर बनाउन र बजारमा मनोवैज्ञानिक प्रभाव पार्न ट्र्म्पले झुटो दावी गरेको जिकिर गरेको छ ।
यस्तै सैन्य तयारीका लागि इरानका पावर प्लान्टहरूमा हुने भनिएको आक्रमणलाई ५ दिन रोक्नु कूटनीतिक सफलता नभई, अमेरिकी र इजरायली सेनाले आफ्नो सैन्य रणनीति पुनरावलोकन गर्न लिएको समय मात्र भएको इरानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इरानले स्पष्ट पारेको छ कि टर्की र ओमान जस्ता क्षेत्रीय देशहरूले तनाव कम गर्न पहल गरिरहेका छन् । तर इरानको जवाफ छ, ‘हामीले यो युद्ध सुरु गरेका होइनौं। त्यसैले शान्ति र वार्ताका सबै मागहरू वासिङ्टनतर्फै निर्देशित गरिनुपर्छ। जबसम्म हाम्रो सार्वभौमसत्तामाथि आक्रमण जारी रहन्छ, हामी आफ्नो प्रतिरक्षा गरिरहनेछौं।’
इरानले जबसम्म इरानको पूर्वाधारमाथिको खतरा हट्दैन र युद्धको क्षतिपूर्ति हुँदैन, तबसम्म हर्मुज जलमार्गबाट हुने ढुवानीमा इरानको कडा निगरानी र नियन्त्रण कायम रहने दोहराएको छ ।
यसअघि अमेरिकी राष्ट्रपतिले इरानीहरूले उनलाई वार्ताका लागि फोन गरेको १५ बुँदे सहमति नजिक पुगेको दावी गरेका थिए ।

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया