रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दाको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।गत फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले पूर्ण सुनुवाईका लागि पेश गर्न आदेश दिएको यो रिट सोमबारसम्म पाँचौँपटक हेर्दाहेर्दैमा परेको हो ।
महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति लामिछाने र फरार रहेका अभियुक्त जीबी राईसमेतविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोजन फिर्ता लिने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता युवराज पौडेल र आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।


















सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया