कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ । घरदैलोमै सेवा दिन थालेपछि स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोग्दै आएका ज्येष्ठ नागरिकलाई राहत पुगेको छ ।
वडा कार्यालयले आधारभूत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरी टोल–टोलमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गर्न थालेको हो । ज्येष्ठ नागरिकमा बढी देखिने उच्च रक्तचाप, मधुमेह, स्वासप्रश्वाससम्बन्धी, ग्यास्ट्रिकलगायत नसर्ने रोगको परीक्षण र उपचार घर नजिकैबाटै हुन थालेपछि उनीहरु लाभान्वित भएका छन् ।
आधारभूत स्वास्थ्य चौकीका प्रमुख हरि नाथका अनुसार वडा कार्यालयले दुई वर्षदेखि निरन्तर बजेट व्यवस्था गरेपछि कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।
हाल वडाका चार टोलमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिँदै आएको छ । प्रत्येक महिनाको २१, २२ र २३ गते टोलमै पुगेर नसर्ने रोगको पहिचान, उपचार, औषधि वितरण तथा जटिल प्रकृतिका बिरामीलाई अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गर्नेलगायत काम हुँदै आएको छ ।
स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई नसर्ने रोगबाट बच्ने उपाय, नियमित औषधि सेवन, सरसफाइ, व्यायाम तथा पोषणयुक्त सन्तुलित भोजनको प्रयोगबारे परामर्श दिने गरिएको स्वास्थ्यकर्मी नाथले बताए । नियमित परीक्षणका कारण रोग समयमै पहिचान गर्न र नियन्त्रणमा राख्न सहयोग पुगेको उनको भनाइ रहेको छ ।
वडाध्यक्ष चक्रबहादुर खडकाले ज्येष्ठ नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि पनि टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै घरदैलोमै सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।
उनका अनुसार वडाबाट बजेटको व्यवस्था गरी स्वास्थ्यकर्मी परिचालन गरिएको र हालसम्म २५० भन्दा बढी ज्येष्ठ नागरिक यस कार्यक्रमबाट लाभान्वित भएका छन् । घर नजिकै स्वास्थ्य परीक्षण र औषधि सेवा पाउन थालेपछि ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।
















१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया