लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
मेरोन्यूज
२०८२ चैत १० गते १४:००

लुम्बिनी। रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने गुप्ताको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना६ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेस प्रदेश ०३–०२९प५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते गुप्ताको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालक सप्तरीको सुरुङ्गा–१ का २९ वर्षीय मुकेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित


















जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया