लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा

लुम्बिनी। बुद्ध जन्मस्थल लुम्बिनीको फोहर व्यवस्थापनका लागि ‘सरसफाइ अध्ययन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । उक्त केन्द्रले फोहोर व्यवस्थापनलाई दिगो विकास र हरित अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–५ ढोडहवामा उक्त सरसफाइ अध्ययन केन्द्र सञ्चालन गरिएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० र द कोका–कोला फाउन्डेसनको सहकार्यमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सरसफाइ अध्ययन केन्द्रको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । त्यस अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाइमा नमूना बनाउने दिशामा महत्वपूर्ण सुरुआत भएको बताए । उनले बर्सेनि १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा विगतमा फोहोरका कारण बिग्रिएको छवि अव सकारात्मक रुपमा बदलिने उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले फोहोर व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाको मात्र नभई प्रदेश सरकारको पनि साझा जिम्मेवारी भएको स्पष्ट पारे । उनले प्रदेश सरकारले यस्ता योजनाको कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यस आयोजनालाई प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गरे ।
उनले ‘ग्रेटर लुम्बिनी’ अवधारणाअन्तर्गत आवश्यक बजेट सुनिश्चित भएको जानकारी दिँदै अब योजनाले पूर्णता पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य रत्नबहादुर खत्री र चन्द्रकेश गुप्ता, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजनलगायतले सरसफाइ केन्द्र स्थापनाबाट लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापनमा सहज हुने बताए ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया