हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) प्रालिले चैत्र १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित कफि बारमा ‘एक्सपेरियन्स टोयोटा’ कार्यक्रम आयोजना गर्ने भएको छ।
हेटौंडा क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गरी अनुभव गर्न सक्नेछन्। साथै, हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्रि इन्स्योरेन्स, बैंकिङ सुविधा, रोड ट्याक्स तथा विभिन्न आकर्षक उपहारहरू समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कार्यक्रम अवधिभर ग्राहकहरूले टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ गर्दा आकर्षक उपहार प्राप्त गर्नुका साथै युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाबारे पनि जानकारी पाउनेछन्।
युटीएसले हेटौंडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा उपस्थित भई टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ अनुभव गर्न हार्दिक निमन्त्रणा समेत गरेको छ।
















नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया