माैसम पूर्वानुमान: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
मेरोन्यूज
२०८२ चैत १२ गते ६:२९

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।
आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।
सम्बन्धित















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया