टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर, १३ चैत : कैलालीको टीकापुरमा थारू साहित्य तथा सास्ंकृतिक उत्सव सुरु भएको छ । थारू साहित्य तथा सांस्कृतिक उत्सवको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले उद्घाटन गरे ।
सो अवसरमा पन्तले मानिसको जीवनसँग जोडिएको साहित्य, कला र संस्कृति संरक्षण गर्नु विश्वविद्यालयको समेत दायित्व हुने बताए । “देशभरका साहित्य सर्जक जम्मा गरी साहित्य र कलासम्बन्धी तालिम दिएर विद्यार्थीलाई साहित्य लेखन र नाटक सिकाउनुभएकामा आयोजक साहित्य समाजलाई धन्यवाद”, उनले भने, “साहित्य र कला विकास विश्वविद्यालयको पनि दायित्व हो । हाम्रा विद्यार्थीलाई पनि साहित्यमा रुचि जगाउने काम यो महोत्सवले गरेको छ ।”
सङ्गीतकार रेशमलाल चौधरीले थारू समुदायको भित्रसम्म पुगेर लेख्ने र पात्र छनोट गर्ने प्रवृत्ति महेशविक्रम शाहमा भएकाले उनको उचाइ निकै माथि पुगेको बताए । कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले सुदूरपश्चिम कला र साहित्यको भूमि भएको बताए ।
“सङ्घीयतापछि कला र साहित्य विकासका लागि प्रज्ञा प्रतिष्ठान लागिरहेको छ, गत वर्षदेखि हामी साहित्य समाजसँग सहकार्य गरेर साहित्य र कला संरक्षणका प्रयासमा लागेका छौँ”, उनले भने, “कला र संस्कृतिको धनी सुदूरका संस्कृतिको चर्चा र संरक्षण आवश्यक छ ।”
नेपाली चलचित्र क्षेत्रका रङ्गकर्मी नीर शाहले जीवनदेखि बाहिर पनि अर्को जीवन छ, त्यो साहित्य र सङ्गीत भएकाले जीवन महत्त्वपूर्ण बनाउन साहित्य र सङ्गीत चाहिने बताए । साहित्यकार तथा राजनीतिक विश्लेषक केशव दाहालले समाजमा अक्षर, गीत, किताब नभए कस्तो होला, सुदूरमा देउडा नभए कति खल्लो होला भनी प्रश्न गर्दै यी सबै चिज भएर समाज समृद्ध भएको, मानवीय भावना जीवित भएको बताए ।
नाट्यकर्मी अशिष मल्लले क्रिएटिभ मानिसहरू दुई प्रकारका हुने बताउँदै, कोही लेखेर बस्ने, कोही केही नयाँ गर्न खोज्ने खालका हुने देखेको बताए । उनले टीकापुर साहित्य महोत्सवको चर्चा देशभरि भइरहेको, आफूले पनि नाटक प्रशिक्षण गर्दा यहाँको संस्कृति सिक्न पाएको बताए ।
साहित्यकार निलम कार्की नेहारिकाले नेपालको भूगोल नेपालीलाई राम्रोसँग नचिनाइएको बताउँदै शिक्षासँग इतिहास, इतिहाससँग संस्कृति जोडरे लिनुपर्नेमा जोड दिए । उनले स्वर्गीय महेन्द्र राजासँग जोडिएको इतिहास टीकापुर पार्कमा जोगाएर राखेकामा टीकापुरवासीलाई धन्यवाद दिए ।
टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले साहित्य महोत्सवले धर्म, संस्कृति र कलालाई संरक्षणमा योगदान दिने उद्देश्यले कार्यक्रम भएकाले आयोजक साहित्य समाजलाई धन्यवाद दिए । साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
साहित्य महोत्सवअघि प्रदेशस्तरीय कविता प्रतियोगिता भएको थियो । प्रतियोगितामा कविहरूका कविता माग गरिएको थियो ।
कविता प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा कवि चेतना शर्मा प्रथम हुनुभएको छ । उनले १५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । कविता प्रतियोगितामा उद्गम मिसन द्वितीय र नगद रु १० हजार र त्यसैगरी तृतीय स्थान की स्वीकृति शर्माले नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गरिन् ।
कार्यक्रममा थारू समुदायका सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियोे । विसं २०७९ मा स्थापना भएको टीकापुर साहित्य समाजले ‘साहित्यमार्फत सामाजिक सदभाव’ भन्ने उद्घोषका साथ बर्सेनि महोत्सव गर्दै आएको छ । यस वर्ष थारू साहित्य तथा संस्कृति विशेषका रूपमा मनाइँदैछ ।
महोत्सवको पूर्वसन्ध्यामा नाटक लेखन प्रदर्शन र लेखन कार्यशाला भएको थियो । महोत्सव टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सयुक्त आयोजनामा भइरहेको छ । महोत्सवमा थारू साहित्य तथा संस्कृतिमाथि बौदिक विमर्श, विभिन्न विषयमा बहस हुनेछन् । कार्यक्रममा देशैभरिका सयौँ साहित्यकार, लेखक तथा सङ्गीतकार सहभागी भएका छन् ।


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया