जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

जुम्ला। जिल्ला सदरमुकाम खलङ्गा बजारबाट सुरु हुने जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजना हुने जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
म्याराथन दौड प्रतियोगितामा सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिएको उनले बताए । कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सातौँ संस्करणको प्रतियोगिता आयोजक गर्न लागिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न देशका धावकहरू सहभागी हुनेछन् ।
प्रतियोगिताअन्तर्गत विभिन्न विधामध्ये पाँच किलोमिटर दौडका लागि कर्मचारी, उद्योगीव्यापारी तथा इच्छुक व्यक्ति सहभागी हुन सक्ने जनाउँदै उनले दर्ता शुल्क रु पाँच सय तोकिएको बताए । क्लबका अध्यक्ष शाहीका अनुसार १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकालाई दर्ता शुल्क निःशुल्क गरिएको छ ।
जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको ५१ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि रु पाँच हजार दर्ता शुल्क क्लबले निर्धारण गरेको छ । पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई रु पाँच हजार, द्वितीयलाई रु तीन हजार र तृृतीय हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।
दश किलोमिटरतर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीय हुनेलाई रु पाँच हजार पुस्कार निर्धारण गरिएको छ ।
त्यस्तै, ५१ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, द्वितीय रु ७५ हजार, तृृतीय हुनेलाई रु ५० हजार, चौथो र पाँचौँलाई समान रु २० हजार पुरस्कारको व्यवस्थापन गरिएको क्लबका अध्यक्ष शाहीले उल्लेख गरे । प्रतियोगितामा सहभागी हुनका लागि आगामी वैशाख २० गतेसम्म आफ्नो नाम दर्ता गर्नसक्ने व्यवस्था गरिएको कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ ।
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया