लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी

लेबनानका स्वास्थ्य केन्द्रहरुमा निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । पछिल्लो समयमा लेबनानले निरन्तर ८७ वटा आक्रमणको सामना गर्दा ५२ जना स्वास्थ्य कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य १२६ जना घाइते भएको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार एक हप्ताको समयमा सातवटा आक्रमणका घटना दर्ता भएका छन् भने आक्रमणमा कम्तीमा नौ जना स्वास्थ्य कार्यकर्ताको आफ्नो कर्तव्य निर्वाह गर्दा गर्दै मृत्यु वरण गरेका छन्
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले दक्षिणी लेबनानमा भएको आक्रमणले कयौँ हताहत हुनुका साथै सवारी साधनसहित एम्बुलेन्समा पनि प्रहार गरेको बताएका छन् ।
यसको बावजुद, संयुक्त राष्ट्र सङ्घ र यसका साझेदार सस्थाहरूले लेबनानमा आवाश्यक सहयोग र सहकार्य जारी राखेको उनले बताएका छन् ।
डब्ल्युएचओ र अन्य साझेदारहरूले विस्थापित मानिसहरूलाई स्वास्थ्य परामर्श २२ हजार भन्दा बढी मानिसहरूलाई आवश्यक औषधि प्रदान गरेको डुजारिकले उल्लेख गर्नु भएको छ ।
उनले दक्षिणी लेबनानमा सैन्य कारबाही विस्तार गर्ने सम्बन्धमा इजरायली सरकारले गरेको घोषणाको विकल्पमा मानवीय र स्वास्थ्य कार्यकर्ताहरू लगायत नागरिक पूर्वाधारको रक्षा गर्न आवश्यक रहेको बताएका छन् ।
लेबनानका मानवीय संयोजक इमरान रिजा र डब्ल्यूएचओका प्रतिनिधि डाक्टर अब्दिनसिर अबुबाकरले सयुक्त रुपमान जारी जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य कार्यकर्ता र उत्तरदाताहरूको सुरक्षाका लागि आह्वान गरिएको छ ।
विगत २४ घन्टाको समय – अवधिमा भएका दुईवटा छुट – छुट्टै घटनामा तीन जना शान्ति–रक्षकहरूको मृत्यु भएको जनाइएको छ ।
















इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया