बुधबार, चैत १८, २०८२

एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा

मेरोन्यूज २०८२ चैत १८ गते १५:५६

काठमाडाैं । नेकपा एमाले संसदीय दल नेता चयन गर्न चुनाव हुने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेता टुंगो लगाउने निर्णय गरिएको हो ।

बैठकमा सांसदहरू रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले संसदीय दल नेतामा इच्छा राखेका थिए। सर्वसम्मतको प्रयास असफल भएपछि पार्टी निर्वाचन विभागले चुनाव गर्ने टुंगोमा पुगेकाे हाे ।

प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन्।

प्रतिक्रिया