राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’

वासिङ्टन डीसी /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य कारबाहीको एक महिना पुगेको अवसरमा अमेरिकी सेनाले युद्धको मैदानमा “विनाशकारी प्रहार” गर्दै “अभूतपूर्व विजय” हासिल गरेको घोषणा गरेका छन्।
ह्वाइट हाउसबाट सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत फेब्रुअरी २८ देखि सुरु भएको ‘अपरेशन एपिक फ्युरी’ ले इरानको सैन्य शक्तिको ढाड सेकेको दाबी गरे।
इरानलाई लक्षित गरी सुरु गरिएको यो अभियानको समीक्षा गर्दै ट्रम्पले भने, “अमेरिकी सेनाले सैन्य कारबाही सुरु गरेको ठिक एक महिना भएको छ। यी पछिल्ला चार हप्तामा हाम्रा सशस्त्र बलहरूले युद्धको मैदानमा छिटो, निर्णायक र अत्यन्तै प्रभावशाली विजयहरू हासिल गरेका छन्।”
राष्ट्रपतिको दाबी अनुसार इरानको नौसेना अब पूर्ण रूपमा समाप्त भएको छ भने उसको वायुसेना भग्नावशेषमा परिणत भएको छ। ट्रम्पले इरानको मिसाइल प्रहार गर्ने क्षमतालाई नाटकीय रूपमा सीमित पारिएको र अधिकांश इरानी सैन्य नेतृत्व मारिएको समेत उल्लेख गरे। “हामीले पहिले कहिल्यै नजितेको स्तरमा जितिरहेका छौं,” उनले थपे।
ट्रम्पले इरानका अधिकांश उच्च सैन्य कमाण्डर र राजनीतिक नेताहरू मारिएको उल्लेख गर्दै बाँकी रहेका सैन्य अधिकारीहरूलाई “हतियार बिसाउन र आत्मसमर्पण गर्न” कडा चेतावनी दिए। उनले भने, “यो तिमीहरूको अन्तिम मौका हो, अन्यथा निश्चित मृत्युको सामना गर्न तयार होऊ।”
यद्यपि, इरानी अधिकारीहरूले भने आफ्नो सैन्य क्षमता अझै बाँकी रहेको दाबी गर्दै प्रतिरोध जारी राख्ने संकेत दिएका छन्। विश्व समुदायले भने यो द्वन्द्वका कारण इन्धनको मूल्यमा भएको वृद्धि र मध्यपूर्वको अस्थिरतालाई लिएर चासो व्यक्त गरिरहेको छ।
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया