फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध

काठमाडौं । फोटोन मोटरको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकलले उत्कृष्ट आफ्टर–सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउने भएको छ । कम्पनीले पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा ‘फोटोन ईभी टोटल केयर क्याम्प’ सञ्चालन गर्न लागेको हो ।
यो पहलको उद्देश्य देशका प्रमुख स्थानमा सर्भिसको सुविधालाई ग्राहकनजिकै पुर्याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु रहेको कम्पनीले जनाएको छ ।
यो अभियानअन्तर्गत फोटोनले आफ्ना सबै विद्यमान ईभी ग्राहकलाई विशेष लाभ तथा निःशुल्क सेवा प्रदान गर्दै आभार र प्रतिबद्धता व्यक्त गरिरहेको छ ।
फोटोन ईभी टोटल केयर क्याम्प दुई चरणमा गरी प्रमुख ६ स्थानमा सञ्चालन गरिनेछ । पहिलो चरण यही चैत २२ देखि आउँदो वैशाख ४ गतेसम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा सञ्चालन गरिनेछ । दोस्रो चरण वैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा आयोजना गरिने कम्पनीले जनाएको छ ।
यो अन्तर्गत स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिनेछ । साथै, प्रत्येक सवारीसाधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर–टु–बम्पर’ चेकअप तथा निःशुल्क वासिङ र ग्रिजिङ सेवा उपलब्ध हुनेछ । यी सेवाले सवारीसाधनको कार्यसम्पादन सुधार, मर्मत खर्च घटाउन र ग्राहकलाई सहज सेवा अनुभव प्रदान गर्न सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।
फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरको विस्तारमार्फत आफ्टर–सेल्स सर्भिसमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै आएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया