नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले चितवनका संचाकर्मीहरुलाई विद्युतिय सवारी (ईभी) सम्बन्धी एक दिने ओरिन्टेसन दिएको छ । अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडरेसन (एफआइए) को सेफ एण्ड सस्टेनेबल मोविलिटी ग्राष्टको सहयोग अन्तरगत नेपालमा यस किसिमको नवीन कार्यक्रम भएको हो ।
नेपालमा मात्र नभई विश्वमै अत्याधिक लोकप्रिय बन्दै रहेको ईभी सम्बन्धि सत्यतथ्य रिपोटिङ्ग, प्राविधिक जानाकारी, नेपाल र विश्वमा भएका टेक्नोलोजी तथा ईभीको सुरक्षा तथा दिगोपना लगायतका विषयमा चितवन र आसपासका गरी चार दर्जन संचारकमीलाई प्रस्तुति दिइएको थियो ।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, मोटरिङ्ग एकेडेमी नेपालका ईभी विज्ञ समराज श्रेष्ठ तथा वागमति अटोमोवाइल एसोसिएसनका अध्यक्ष राजन पिया लगायतले कार्यक्रममा प्रस्तुती गरेका थिए । नेपालमा ईभी सम्बन्धि सार्वजनिक विषयहरु तथा नासा नेपालको संलग्नता र भुमिका बारेमा भट्टराईले, ईभीको समग्र प्राविधिक पक्ष सम्वन्धमा श्रेष्ठ र चितवनका ईभी बारेमा पियाले आ–आफ्नो प्रस्तुति गरेका थिए ।
राष्ट्रिय र स्थानिय मिडियाका प्रतिनिधी, सोसियल मिडियाकर्मी र अटोमोबाइल क्षेत्रका व्यवसायी र अध्येता समेतहरुको सो ओरिन्टेसनले नेपालमा इभी संगसगै आएका अवसर र चुनौतिहरुलाई बुझ्ने अवसर दिएको सहभागी संचारकर्मीहरुले बताएका छन् ।
नासा नेपालले ईभीको प्राविधिक, आर्थीक, नीतिगत र सुरक्षा सम्बन्धि अध्यन गरी विस्तृत प्रतिवेदन तयार गर्नेका लागी दर्जनौं कार्यक्रमसहितको ईभीजन नेपाल परियोजना संचालन गरिरहेको छ ।
















कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया