ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ ।
न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ ।
जिल्ला अदालत, काठमाडौँले तेस्रो पटक आइतबार पाँच दिनको म्याद दिएको छ। शनिबारदेखि लागू हुने गरी थपिएको म्याद बुधबार सकिँदै छ।
त्यसभित्र मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र हुन नसकेमा त्यसपश्चात जे जो गर्नु पर्ने हो गराउनु भनि सरकारका नाममा सर्वोच्चले परमादेश जारी गरेको हो।
‘फौजदारी कसुरको अनुसन्धान तहकिकातको सिलसिलामा अदालतबाट म्याद थप भई न्यायिक हिरासतमा राखिएको कार्यलाई कानुन प्रतिकूल भन्न नमिल्ने हुँदा निवेदन दाबी अनुसार रिट निवेदकहरूको थुना गैरकानुनी देखिन नआएकोले निवेदन मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन’, अदालतले भनेको छ।
तर अनुसन्धानको फाइल हेर्दा अभियुक्तहरूको बयान कार्य लगायत अनुसन्धानका अन्य कार्य समेत सम्पन्न भइसकेको लगायत कारण देखाउँदै अदालतले थप म्याद नलिन भनेको हो।
गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले चैत १४ गते उनीहरूलाई पक्राउ गरेको थियो। पहिलो पटक ५ दिन म्याद पाएको प्रहरीलाई दोस्रो पटक २ दिन म्याद थप भएको थियो।
त्यतिबेलै ओलीको स्वास्थ्य लगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो। तर आइतबार जिल्ला अदालतले नै ५ दिन म्याद दिएको थियो। यो म्याद बुधबार सम्पन्न हुँदै छ।सोही म्याद भित्रमा अदालतमा अभियोग पत्र दायर नभए उनीहरूलाई रिहा गर्नु पर्नेछ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया