एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित सो ब्युरोमा लिखित उजुरी दिएका हुन् ।
सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरुमार्फत विशेष गरी साइबर बुलिङ, दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणा र टीका टिप्पणीले किशोरीहरु मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ ।
त्यस्तो व्यवहारले उनीहरुको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारेको उजुरीमा जनाइएको छ । यस्ता साइबर बुलिङसम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गर्न र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरिएको छ ।
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता















ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया