दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
मेरोन्यूज
२०८३ वैशाख २ गते ६:४१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको नयाँ चरण आगामी केही दिनभित्र हुने बताएका छन् ।
अलजजिराका अनुसार पाकिस्तानको परराष्ट्र मन्त्रालय स्रोतले इस्लामाबादले ती वार्ताहरू आयोजना गर्ने प्रस्ताव गरेको छ। दुईदिनभित्र दोस्रो चरणको वार्ता गर्ने तयारी रहेको छ ।
अमेरिकी प्रतिनिधिमण्डलका ‘अत्यधिक मागहरू’ र ‘राजनीतिक इच्छाशक्तिको अभाव’का कारण गएको सप्ताहन्तमा कुनै सहमति हुन नसकेको इरानले बताएको छ ।
अर्कोतर्फ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जर्जिया विश्वविद्यालयमा आयोजित टर्निङ पोइन्ट यूएसएका रूढीवादी समर्थकलाई सम्बोधन गर्दै इरानसँगको जारी तनावबारे चर्चा गरेका छन्।
भान्सले स्वीकार गरे कि वाशिङ्टन र तेहरानबीच अझै पनि अविश्वास रहेको छ जुन “एकै रातमा समाधान हुन सक्दैन” । तर उनले सम्भावित वार्ताप्रति आशावादी रहेको बताएका छन्।
सम्बन्धित
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया