आइतबार, वैशाख ६, २०८३

पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा

मेरोन्यूज २०८३ वैशाख ५ गते ११:०२

काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो । उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्तिका लागि लागतको अनुपातमा मूल्य समायोजन गर्नु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ ।’

प्रतिक्रिया