कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८३ साल वैशाख ६ गते । आइतबार । ईश्वी सन् २०२६ अप्रिल १९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–द्धितीया, १९ घडी ४४ पला, दिउसो १ बजेर ३१ मिनेट उप्रान्त तृतीया । नक्षत्र–भरुणी, १० घडी ७ पला, बिहान ९ बजेर ४१ मिनेट उप्रान्त कृतीका ।काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १० पला । बिहान ८ बजेर ५२ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म अमृत बेला ।नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। आर्थिक पक्ष मजबुत हुनुका साथै पारिवारिकजनहरूको आवश्यकता पूरा गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ
वृष :आय आर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। वैदेशिक व्यापारमा लाभ रहनेछ। भौतिक साधन जुटाउनाले प्रशन्नता मिल्नेछ। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। शत्रुहरू कमजोर हुनेछन्। चुनौती पन्छ्याउँदै अगाडि बढ्न सकिनेछ। सहयोगीहरूबाट काम लिनुपर्ने समय रहेको छ। शुभ र मांगलिक कार्यमा सहभागी भइएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमान काम गर्ने समय रहेको छ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ। सामाजिक दायित्व बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
सिंह :अरुलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछ। शैक्षिक क्षेत्र प्रभावशाली रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।
कन्या :कुनै बाध्यताले अप्ठ्यारो परिस्थितिमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरुबाट भनेजस्तो साथ नमिल्ला। अरुको काममा महत्त्वपूर्ण समय बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला :मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। अतिथिको रूपमा सम्मान प्राप्त हुन सक्छ। परिजनको साथले थप उत्साह जगाउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : पहिलाको समस्या दोहोरिन सक्छ सावधान भएर अगाडि बढ्नुहोस्। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
धनु : पहिलाको समस्या दोहोरिन सक्छ सावधान भएर अगाडि बढ्नुहोस्। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मकर :दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय रहेको छ। बल र बुद्धिको उपयोग साथै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : लगनशीलता वा प्रयत्नले लक्ष्यतर्फ पुग्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। महत्वाकांक्षी योजनालाई अगाडि बढाउन सकिनेछ। भाइबहिनीको माध्यमबाट केहि काम बनाउन सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
मीन :ज्ञान र आध्यात्मिक क्षेत्रमा वृद्धि हुनेछ। व्यापार विस्तार वा लगानी बढाउनको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। कानुनी पक्ष मजबुत हुनेछ। रोकिएका काम बन्ने वा नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।















धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया