आइतबार, वैशाख ६, २०८३

रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा

मेरोन्यूज २०८३ वैशाख ६ गते १८:४१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको छ। बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले ‘एजेन्डा’ तय गरेको हाे ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पार्टी प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समिति बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे ‘ब्रिफिङ’ हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुको रिपोर्टिङ हुनेछ । केन्द्रीय सदस्यलाई दुई मिनेटका दरले समय छुट्याइएको छ ।

बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए।

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकारलगायत विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया