मंगलबार, वैशाख १५, २०८३

यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय

मेरोन्यूज २०८३ वैशाख १४ गते १५:५१

काठमाडौं । सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गरेको छ ।

Advertisement
NiccNicc

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट नियमावली स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यस्तै बैठकले सशस्त्र प्रहरी महानिरीक्षक पदमा नारायणदत्त पौडेललाई नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।

आजकाे बैठकमा सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया