अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु

अफगानिस्तानको उत्तरपूर्वी बदखसन प्रान्तको सुन खानीमा विस्पोटहुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अधिकारीका अनुसार सहरी बुजर्ग जिल्लाको अविज क्षेत्रमा मजदुरहरूले सुन खोजिरहेको समयमा दुर्घटना भएको हो । विपद् व्यवस्थापनका लागि प्रान्तीय निर्देशक मावलवी मोहम्मद अकरम अकबरीले मृतकको सङ्ख्या पाँच पुगेको पुष्टि गर्दै थप पीडितहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।
दुर्गम बदखसन जिल्ला खनिज स्रोतहरूमा धनी जिल्ला भएता पनि अनियमित र खतरनाक खानी जन्य उत्खनन्ले समस्याग्रस्त क्षेत्रको रुपमा परिचित रहेको जनाइएको छ ।
उच्च गरिबीले ग्रस्त अफगानीस्थानको खानी क्षेत्रमा यस्ता दुखद दुर्घटनाहरू पटक–पटक हुने गरेको पाइन्छ भने परम्परागत र अनियमित खानी उत्खनन्को अभ्यासले आधुनिक मेसिनरी र व्यावसायिक सुरक्षा मापदण्डको अभावमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढिरहेको जनाइएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया