लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलवशून्य दुई र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव शून्य चार, जलविद्युत् शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव ४२ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फण्ड शून्य दशमलव ५२, निर्जीवन बिमा शून्य दशमलव शून्य दुई, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९७ प्रतिशतले घटेको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया