शुक्रबार, वैशाख १८, २०८३

काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)

मेरोन्यूज २०८३ वैशाख १८ गते १०:२९

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ ।

Advertisement
NiccNicc

काठमाडौं महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टहरा भत्काउन सुरक्षाकर्मीहरु र नगरप्रहरी परिचालन गरिएको छ ।डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहेका छन् । कतिपय भने आफू बस्दै आएको घर भत्किरहेको दृष्य हेर्न विवश भएका छन् ।

त्यस्तै होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामान जस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायको सहयोग रहने जनाइएको छ। आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था पनि गरिएको मन्त्रालयले जनाएको छ। 

संकलित विवरणका आधारमा सुकुमवासी पहिचान तथा प्रमाणीकरण गरिनेछ। पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ। 

वास्तविक सुकुमवासी परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया