जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने

काँक्रेविहार (सुर्खेत) । आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा संकलनका लागि खुला गरिने भएको छ ।
आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त मितिमा सबै पाटन यार्सागुम्बा संकलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए ।
यार्सागुम्बा संकलनका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुला हुने भएको हो । यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था गरिएको छ ।
निकुञ्जभित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई ५०० (क) वर्ग’, डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार (ख) वर्ग र जिल्ला बाहिरकालाई तीन हजार (ग) वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ ।
मध्यवर्ती क्षेत्र र जिल्लाभित्रका बासिन्दालाई प्रवेश शुल्कका लागि अनिवार्य परिचयपत्र देखाउनुपर्नेछ । यदि नदेखाएमा (ग) वर्ग कै प्रवेश शुल्क काटिनेछ । यार्सागुम्बा सङ्कलनका लागि जेठ ५, ६ र ७ गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाई सक्नुपर्नेछ । यार्सापाटनमा १६ वर्षभन्दा तलका बालबालिकालाई प्रवेशमा निषेध गरिने निकुञ्जले जानकारी दिएको छ ।
यार्सा संकलनका लागि डोल्पा, जाजरकोट, रुकुम पश्चिमलगायत क्षेत्रहरूबाट अधिकांश मानिस घर नै खाली गरेर हिमाली जिल्ला डोल्पाका उच्च पटनहरूमा जाने गरेका छन् ।















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया