कानूनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनले तोकिएको समयभित्र सवै निर्वाचन गर्न जरुरी भएको बताएकी छन् ।
निर्वाचन आयोगले सोमवार पेश गरेको आयोगको वार्षिक प्रतिवेदन बुझ्दै सबै निर्वाचन कानूनले तोकेकै समयमा सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सुझाव दिइन् ।
यस्तै, निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउने तर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैङ्गिक मैत्री बनाउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदाता मैत्री बनाउन पनि उनले सुझाव दिइन् ।
आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारीका साथै अवसर पनि रहेको कुरा व्यक्त गर्दै शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानूनमा तोकिएको समय सीमा भित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरूरी भएकोले आवधिक तथा अन्य निर्वाचनका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रुपमा तयारी अवस्थामा रहनु पर्नेमा राष्ट्रपतिले जोड दिइन् ।
स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास राष्ट्रपति भण्डारीको थियो ।
प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचन सम्बन्धी नीति एवम् कानूनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र सोको व्यवस्थापन, मतदाता नामावली संकलन तथा अद्यावधिकको अवस्था, मतदाताको संख्यात्मक विवरण, राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन लगायतका विषयमा जानकारी गराएका थिए ।
उक्त अवसरमा संवैधानिक व्यवस्था अनुसार आसन्न स्थानीय तह लगायतका निर्वाचन सञ्चालन एवम् व्यवस्थापनलाई लक्षित गरी आयोगबाट सम्पादन भएका मतदाता नामावली दर्ता, मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन लगायतका विषयमा समेत जानकारी गराए ।
प्रतिवेदन पेश गर्ने कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव लगायत कर्मचारीहरू तथा राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपतिका सल्लाहकार, विज्ञहरू, स्वकीय सचिव लगायतको उपस्थिति रहेको थियो ।











क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया