अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयले लगाए ताला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् ।
नागरिकले पाउने सुविधामा हेलचक्राई भएको भन्दै ५४ जना स्थानीयको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र टाँस्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।
स्थानीय धनबहादुर तामाङका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका ८ अन्तर्गत, साविक ईर्खु गाविसका ९ ओटा वडाभित्रका नागरिक तथा जनसमुदायहरूको उपस्थितिमा ३ बुँदे मागसहित तालाबन्दी गरिएको हो ।
उनीहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको, कोभिड– १९ लक्षित नगद हस्तान्तरणमा हेलचक्राई गरिएको र विभिन्न शीर्षकमा, बाख्रा वितरण र कृषि अनुदानमा अनियमितता गरेको लगायतका आरोप लगाएका छन् ।
यता संवादबाट सहमति निस्कने विकल्प हुँदा हुँदै स्थानीय अराजक रुपमा प्रस्तुत भएको भन्दै अध्यक्ष तिर्थबहादुर श्रेष्ठले दुःख व्यक्त गरे । स्थानीयले राखेका माग वार्ता मार्फत् समाधान निकाल्न आफू तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
माग पूरा गर्ने नाममा वडा कार्यालयमा टेबुल ठोक्ने र प्रतिनिधिमाथि अपशव्द प्रयोग भएको भन्दै उनले दुःख व्यक्त गरे ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया