सोमबार, पुष १४, २०८२

आज यी स्थानमा वर्षा र हिमपात हुने

मेरोन्यूज २०७८ माघ १८ गते ७:२३

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ । बुधबार रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ । जसका कारण पहाडी भागमा आंशिक बदली रही तराईमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको हुने महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट बच्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया