सरकारले संविधानअनुसारनै स्थानीय तहको निर्वाचन गर्नुपर्छ : नेता सिंह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्मर र भावना अनुसारनै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रियामा पुर्याएर निर्वाचन को मिति तय गर्नु पर्ने बताएका हुन् ।
आज आफ्नो निर्वाचन क्षेत्रमा भएका खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले भने, ‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो ।’
नेता सिंहले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने बताए ।
‘यो सरकार नै विशेष अवस्थामा गठन भएको हो । तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकाले त्यो संविधानको रक्षा गर्न यो गठबन्धन सरकार बनेको हो, उनलेभने ‘ यो सरकारले संविधानको मर्म र भावनाबमोजिम काम गर्नुपर्ने हुन्छ । कानुन संशोधन गर्नेभन्दा पनि अहिलेको संविधान र ऐनमा जे व्यवस्था छ, त्यहीअनुसार सरकारले काम गरेको राम्रो हुन्छ ।’
















चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया