थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण, नौ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ १८ गते १७:०९

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५८३ कोरोना संक्रमित थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा र ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको मन्त्रालयको अध्यावधिक विवरणमा उल्लेख छ ।
सोही अवधिमा ८ हजार २६७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया