बिहीबार, पुष १०, २०८२

साबुन उद्योगमा आगलागी, ५० लाखको क्षति

मेरोन्यूज २०७८ माघ १९ गते ६:५४

सप्तरी । सप्तरीको राजविराज नगरपालिका- ७ मा संचालित छिन्नमस्ता साबुन उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति भएको छ ।

सुनिलकुमार साह र प्रमोदकुमार साहले संयुक्त रूपमा संचालन गर्दै आएको साबुन उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीबाट उद्योगमा रहेका १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फ लगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो ।

प्रतिक्रिया