एन्फा बैठकमा आर्थिक हिनामिनाबारे छानविन समितिले प्रतिवेदन बुझाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बस्दैछ । एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई बैठकको निम्तो गरेका हुन् । बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानबिनको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
‘हामी समितिका सदस्य बसेर प्रतिवेदन तयार पारेका छौं । बैठकमा म मेरो प्रतिवेदन प्रस्तुत गर्छु,’ छानबिन समितिका संयोजक खड्काले भने ।
यस अघि समितिले लिग निर्देशक सञ्जीव मिश्र र जनरल कोर्डिनेटर तथा म्याच कमिसनरको भूमिका निर्वाह गरिरहेका लिग कमिटी सदस्य गौरीमान राईसँग पनि बयान लिइएको थियो ।
यस्तै बयानका लागि बोलाइएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र शाह भने बयानका लागि उपस्थित भएनन् ।
शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको एउटा आरोप छ भने अर्को पेस्की फर्स्यौटको । सहिद स्मारक ‘सी’ डिभिजनका लागि गौरीमान राईले लिएको एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेस्की फर्स्यौट गरेका थिए ।
राईले पेस्की फर्स्यौट प्रक्रियामा निर्देशक मिश्रले सिफारिस गरेर वित्तीय निर्देशक शाहलाई बुझाएका थिए । त्यहीअनुसार राईको पेस्की फर्स्यौट भएको थियो । तर, वित्तीय निर्देशक शाहले राईबाट आएको नगद एन्फाको खातामा दाखिला नगरी दुरुपयोग गरेको आरोप छ ।
पुस २२ गते बसेको एन्फा कार्यसमिति बैठकबाट उपाध्यक्ष खड्कालाई छानबिनको जिम्मा दिइएको थियो ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया