लेक लागेर एक पुरुषको मृत्यु
मेरोन्यूज
२०७८ माघ २० गते १२:११

पाँचथर । पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटेका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धुपीडाँडामा लेक लागेर बिहीबार बिहान ३ बजे मृत्यु भएको हो ।
भाइ विक्रम मगरसँग बुधबार भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौंरी गोठतर्फ लागेका विशाल घरबाट करिब १५ किलोमिटरमाथि हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए । तर, घर फर्कने क्रममा घुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस भएका उनको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
सम्बन्धित













एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया