चोरी गरेका २ मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चावहिल बस्ने वर्ष २३ को सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने वर्ष १८ को समिर तामाङ् रहेका छन ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङ्गको साथबाट बास्तबिक नम्बर परिवर्तन गरी बा.प्र.–०२,०२५ प १३१८ नम्वर हालेको अबस्थामा कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल समेत बरामद गरेको जानकारी दिए ।
अनुसन्धान पश्चात बास्तविक नम्बर बा.प्र.–०२, ०२९ प ५२०९ भएको उक्त मोटरसाईकल यहि पौष १४ गते भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाईकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए ।
तामाङ्गलाई थप अनुसन्धान एव कारबाहीको लागी महानगरीय प्रहरी बृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ ।
त्यसैगरि, ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतो रंङको २०० सी.सी.को डुक मोटरसाईकल सहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । महतराले उक्त मोटरसईकलको बास्तबिक नम्बर प्लेट भने परिबर्तन गरेका थिए ।
तार्केश्वरका प्रज्वल बोगटीको बास्तबिक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाइकल काठमाडौंस्थित भृकुटीमण्डपबाट हराएको भनि ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए ।
मोटरसाइकलसहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी बृत्त सिंहदरबार पठाइएको प्रहरी उपरीक्षक संजीव शर्मा दासले बताए ।










नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया