चोरी गरेका २ मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चावहिल बस्ने वर्ष २३ को सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने वर्ष १८ को समिर तामाङ् रहेका छन ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङ्गको साथबाट बास्तबिक नम्बर परिवर्तन गरी बा.प्र.–०२,०२५ प १३१८ नम्वर हालेको अबस्थामा कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल समेत बरामद गरेको जानकारी दिए ।
अनुसन्धान पश्चात बास्तविक नम्बर बा.प्र.–०२, ०२९ प ५२०९ भएको उक्त मोटरसाईकल यहि पौष १४ गते भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाईकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए ।
तामाङ्गलाई थप अनुसन्धान एव कारबाहीको लागी महानगरीय प्रहरी बृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ ।
त्यसैगरि, ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतो रंङको २०० सी.सी.को डुक मोटरसाईकल सहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । महतराले उक्त मोटरसईकलको बास्तबिक नम्बर प्लेट भने परिबर्तन गरेका थिए ।
तार्केश्वरका प्रज्वल बोगटीको बास्तबिक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाइकल काठमाडौंस्थित भृकुटीमण्डपबाट हराएको भनि ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए ।
मोटरसाइकलसहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी बृत्त सिंहदरबार पठाइएको प्रहरी उपरीक्षक संजीव शर्मा दासले बताए ।
















सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया