काठमाडौँ जिल्ला अदालतको सेवा संकुचन लम्बियो
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आफ्नो सेवा सानो बनाएको समयावधि २८ माघसम्म लम्ब्याएको छ । अदालतको बिहीबार बसेको पूर्ण बैठकले ५ माघको निर्णय बमोजिम भएको सेवा संकुचनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोनलगायत विभिन्न कारणले न्यायाधीश, कर्मचारी संक्रमित भएको र यस अवस्थामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सेवा विस्तार कम गरेको हो । कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै ५ माघको पूर्ण बैठकले ६ माघदेखि १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई बिहीबार बसेको पूर्ण बैठकले पुनः निरन्तरता दिने निर्णय गरेको हो ।
‘मुद्दा÷निवेदन दर्ता गर्ने सम्बन्धमा अत्यावश्यक भएमा मात्र अदालतमा उपस्थित भई सेवा लिन र तारिख लिनेलगायत सेवाहरू लिने क्रममा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी भिडभाड हुन नदिई सामाजिक दुरी कायम गरिदिन’ अदालतले भनेको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया