लोक सेवाका स्थगित परीक्षा आगामी ६ गतेदेखि हुने

काठमाडौँ । लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगन गरिएका परीक्षा आगामी फागुन ६ गतेदेखि सुरु गर्ने भएको छ । आयोगको बुधबारको बैठकले उपसचिव वा सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
आयोगले जारी गरेको सूचनाअनुसार स्थगन भएका उपसचिव वा सोसरह (अप्राविधिक–प्राविधिक), शाखा अधिकृत वा सोसरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका ती पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने छन् ।
न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजस्व, संघीय संसद्, आर्थिक योजना तथा तथ्यांक, इञ्जिनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, हाइड्रोलोजी, मेटेरियोलोजी, सर्भे, वन, शिक्षा, माइनिङ, कृषि, पुस्तकालय विज्ञान, स्यानिटरीलगायत सेवाका परीक्षा हुने सूचनामा जनाइएको छ ।
सर्वोच्च अदालत र उच्च अदालतमा रिट निवदेन परी अदालतको आदेशअनुसार स्थगन परीक्षाहरूको हकमा अदालतबाट आदेश हुनासाथ यथाशीघ्र पुनः तालिकीकरण गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुरुप परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।















सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया